काठमाण्डौ । आउँदा दिनमा चीनको ‘म्यान्युुफ्याक्चरिङ हब’ ताज खोसिने सम्भावना बढ्दै गएको छ।

कोरोनाभाइरस महामारीका कारण उत्पन्न खराब परिस्थितिका बीच हाल चीनमा रहेका लगभग १ हजार विदेशी कम्पनीहरु ती देशका सरकारका अधिकारीहरुले भारतमा आफ्नो उद्योग चलाउने छलफल सुरु भएसँगै चीनको यो ताज खोसिने सम्भावना बढ्दै गएको हो।

बिजनेस टुडेमा प्रकाशित एक समाचारअनुसार यीमध्ये कम से कम ३०० कम्पनी मोबाइल, इलेक्ट्रोनिक्स, मेडिकल डिभाइसेज, टेक्साटाइल्स तथा सिन्थेटिक फ्याब्रिक्स क्षेत्रमा भारतमै उद्योग सञ्चालन गर्ने ती अधिकारीहरुले भारत सरकारसँग सक्रिय रुपमा छलफल गरिरहेका छन्। यदि यो छलफलले सकारात्मक रुप लिएमा चीनका लागि ठूलो झट्का हुन सक्ने समाचारमा उल्लेख छ।

ती कम्पनीहरुले भारतलाई वैकल्पिक म्यान्युफ्याक्चरिङ हबका रुपमा हेर्न थालेको र भारत सरकारसमक्ष विभिन्न प्रस्ताव पेस भइसकेको बताइएको छ। प्रस्तावहरु ती देशमा रहेका भारतीय दूतावास तथा राज्यका उद्योद्य मन्त्रालयहरुमार्फत आइरहेका छन्। 

समाचारमा उल्लेख भएअनुसार केन्द्र सरकारका एक अधिकारीले वर्तमान अवस्थामा लगभग १ हजार विभिन्न विदेशी कम्पनीहरुले इन्भेस्टमेन्ट प्रमोसन सेल, सेन्ट्रल गभर्नमेन्ट डिपार्टमेन्ट्स र राज्य सरकारसँग छलफल गरिरहेको बताए। उनका अनुसार ती कम्पनीमध्ये हाल भारत सरकारले ३०० कम्पनीलाई भित्र्याउने लक्ष्य लिएको छ।

ती मन्त्रीका अनुसार ती कम्पनीलाई कोरोनाभाइरस महामारी नियन्त्रणमा आएपछि प्रक्रिया अगाडि बढाइने आश्वासन भारत सरकारले दिएको छ। ‘यो महामारी सकिएपछि भारतलाई थुप्रै फाइदाजनक परिस्थिति आउनेछन्’, उनले भने, ‘अब भारत वैकल्पिक म्यान्युफ्याक्चरिङ गन्तव्यका रुपमा विकास हुने पक्का छ।’

अहिले जापान, अमेरिका तथा दक्षिण कोरियाजस्ता थ्रुपै देश चीनमा निकै निर्भर छन्। 

त्यसो त भारत सरकारले देशमै म्यान्युफ्याक्चरिङलाई बढावा दिन केन्द्र सरकारले गत वर्ष सेप्टेम्बरमा एउटा ठूलो फैलास गर्दै कर्पोरेट ट्याक्स घटाएर २५.१७ प्रतिशत गरेको थियो। नयाँ उद्योगहरु आएमा कर्पोरेट ट्याक्स घटाएर १७ प्रतिशत गरिएको छ। जुन दक्षिणपूर्वी एसियामै सबैभन्दा कम हो।

कर्पोरेट ट्याक्स रेटमा कटौतीका साथसाथै देशभर लागू गरिएको जीएटीबाट म्यान्युफ्याक्चरिङ सेक्टरमा आकर्षण बढ्ने र राम्रै लगानी भित्रिने आशा पनि भारत सरकारले गरेको छ।