काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले एकातिर विश्व अर्थतन्त्र डामाडोल भइरहेको बेला अमेरिकी मुद्रा बलियो बन्दै गएको छ। जसका कारण अमेरिकी मुद्राको तुलनामा नेपाली मुद्रा कमजोर बनिरहेको छ।
डलरको भाउ नेपाली मुद्राको तुलनामा लगातार बढिरहेको छ। आज बुधबार पनि डलरको भाउ हिजोको तुलनामा ४८ पैसाले बढेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ कायम गरेको छ । हिजो प्रतिडलर खरिददर १२२.१६ रुपैयाँ र बिक्रीदर १२२.७६ रुपैयाँ कायम भएको थियो।
हिजो मंगलबार डलरको दुई दिन स्थिर रहँदै २३ पैसाले बढेको थियो। गत अप्रिल १८ मा प्रतिडलर खरिददर १२१.९३ रुपैयाँ र बिक्रीदर १२२.५३ रुपैयाँ कायम भएको थियो। यो दिन डलरको भाउ ७५ पैसाले घटेको थियो।
त्यसपछि अप्रिल २० सम्म डलरको भाउ स्थिर रहँदै प्रतिडलर खरिददर १२१.९३ रुपैयाँ र बिक्रीदर १२२.५३ रुपैयाँ नै कायम रहेको थियो।
गत अप्रिल १७ तारिख (शुक्रबार) डलरको विनियम दर नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६८ रुपैयाँ र बिक्रीदर १२३.२८ रुपैयाँ कायम भएको थियो।
4 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago