काठमाण्डौ । यसै महिना फ्रान्सका राष्ट्रपति इम्युनुएल म्याक्रोनले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा चीनले कोरोनाभाइरस महामारीसँग अझै ठिक तरिकाले लड्न सक्ने भए पनि त्यसो नगरेको आरोप लगाएका थिए। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले मात्रै होइन अहिले यो भाइरस उद्गमस्थल चीनमाथि अमेरिकादेखि युरोपेली मुलुकहरुले शंकाको नजर डुलाइरहेका छन्।
बीबीसी सुरक्षा संवाददाता गर्डन कोरेराका अनुसार युरोपेली मुलुकहरुमा चीनमाथि कोरोनाभाइरसका विषयमा सन्देह छ तर यो विषम परिस्थितिमा चीनबाट प्राप्त भइरहेको सहयोग गुम्न सक्ने डरपनि उत्तिकै छ। युरोपेली देशका सरकारहरु अहिलेको नाजुक अवस्थामा चीनसँग कुनै पनि किसिमका हुने सक्ने कूटनीतिक टकरावबाट चिन्तित पनि छन्। ब्रिटेनका एक अधिकारी भन्छन्, ‘चीनसँग कुनै किसिमको टकरावबाट निम्तिन सक्ने परिस्थितले चिन्ता बढाइरहेको छ।’
ती ब्रिटेन अधिकारीले अहिलेको युरोपेली मुलुकहरु र चीनबीचको सम्बन्ध नाजुक मोडमा रहेको बताए। ‘अहिले कोरोनासँग लड्न आवश्यक सुरक्षा उपकरणका लागि युरोपेली मुलुकहरु चीनमा निर्भर छन्’, ती अधिकारीले भने, ‘यसका कारण यो भाइरसको उत्पत्तिस्थल चीनबाट आउने सूचनाबाट आउँदा दिनमा यो भाइरसँग लड्न के–कस्ता उपय अवलम्बन गर्न सकिन्छ। अरु हामीसँग कुनै विकल्प छैन।’
चीनस्थित ब्रिटेनका पूर्व राजनीतिक आरयूसीआईका एक वरिष्ठ सहयोगी चाल्र्स पार्टनले अहिले चीनविरुद्ध बयानबाजी र टकरावको स्थिति सिर्जना गर्नुभन्दा हाल गम्भीर समस्याका रुपमा देखिएको कोरोनाभाइरसविरुद्ध एकजुट भएर लड्न आवश्यक रहेको बताए।
अमेरिकामा चुनाव नजिकिँदे गर्दा चीनको मुद्दा गरम मसला बनेको छ। अमेरिकाले चीनबाट उत्पत्ति भएको कोरोनाभाइरसका बारे स्वतन्त्र जाँचको कुरा उठाइरहेको छ।
उता युरोपेली संघको प्रतिवेदनमा लगातार यो भाइरस उत्पत्तिका विषयमा कुनै पनि किसिमको षड्यन्त्र र गलत सूचनाको युरोपेली संघ र छिमेकी मुलुकहरुले खण्डन गर्ने जनाइएको छ। प्रतिवेदनमा चिनियाँ अधिकारी र त्यहाँका मिडिया यो भाइरससँग सम्बन्धित कुनै पनि आरोपहरु लगातार अस्वीकार गरेर सत्यतथ्य लुकाउन लागिपरेको हुन सक्ने दाबी पनि गरिएको छ।
वुहानका विषयमा कुनै चर्चा नै नगरी चीनका सरकारी सोसल मिडिया तथा च्यानलहरु यही कुरा लगातार भनिरहेका छन् कि यो संक्रमण अमेरिकी सैन्य गतिविधिहरुबाट फैलिएको दाबी गरिरहेका प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा रुसको भूमिकाका विषयमा पनि जिकिर गरिएको छ। ‘किन रुसका सरकारी मिडियाहरु लगातार युरोपेली संघविरुद्ध संकटको यो घडीमा सही ढंले सम्हाल्न नसकेको आरोप लगाइरहेका छन् ?’, प्रतिवेदनमा प्रश्न गर्दै भनिएको छ, ‘अनि फेरि रुसले कोरोाभाइरस सुरु हुनु र यसको असरका विषयमा सन्देह पनि गरिरहेको छ।’ – बीबीसीबाट भावानुवादित
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago