काठमाण्डौ । विश्व महामारी कोरोनाको कहरले मानव अस्तित्वलाई नै चुुनौती दिइरहेको छ।

विश्वका कतिपय ठाउँमा कोरोनाको कारण मृत्युु भएका मानिसहरुको आफन्तजनहरुलाई अन्तिम संस्कारमा भाग लिन पनि दिइएको छैन। कतिपय परिवारकाले भने आफूलाई कोरोना सर्ने भन्दै लाशलाई नहेरै गाड्न दिइरहेका छन्।

अहिले एउटा आश्र्चयचकित पार्ने घटना सार्वजनिक भएको छ। एक परिवारले कोरोनाका कारण मृत्युु भएका आफ्ना एक सदस्यको लाश नहेरीकनै गाडेका छन्। पछि ती मृत भनिएका महिला जीवित पाइएकी थिइन।

वास्तवमा यो घटना इक्वाडोरको हो। इक्वाडोरका डाक्टरहरुले त्यहाँकी एक कोरोना संक्रमित ७४ वर्षीया वृद्धाई मार्च २७ मा मृत घोषणा गरे। पछि ती महिला जीवितै भएको पुुष्टि भएको थियो। 

ती वृद्धालाई मृत घोषणा गर्नुु अघि उनी तीन सातादेखि बेहोस अवस्थामा थिइन्। उनको नाम अल्बा मारुरी हो। 

महिलाका परिवारका सदस्यले महिलाको लास सम्झेर अर्कै लासलाई नहेरीकनै गाडेका थिए। अस्पताल प्रशासनले महिलाका सदस्यहरुलाई मुुर्दाघरमा एउटा शव देखाएर पहिचान गर्न भनेका थिए। तर भाइरसको संक्रमण फैलने डरले परिवारका कोही नपसी सदस्य लाशको नजिक जान मानेनन्। उनीहरुले टाढैबाट लास हेरेर पहिचान गरे र अरुको लासलाई अल्बाको लास सम्झेर अन्तिम संस्कार गरिदिए। 

मारुरीका भतिजाले लास पहिचान गर्दाखेरी उक्त लाश आफ्नी काकीको जस्तै लागेको बताए। उनले लाशलाई हेर्न डराएका कारण डेढ मिटरको दुुरीबाट हेरेको बताए। 

यसैबीचमा मृत भनिएकि ती महिलाको २३ अप्रिलमा अचानक होस आयो। महिलालाई होस आएपछि अस्पताल प्रशासनले उनको परिवारका सदस्यलाई फोन गरेका थिए। यो जानकारी पाएपछि उनका घरका सदस्यहरुलाई विश्वास गर्न गाह्रो परेको थियो। साथसाथै महिला जीवितै भएको खबर पाएपछि खुुसीको सिमा पनि थिएन। 

यो घटनालाई लिएर अस्पताल प्रशासनको चर्काे विरोध भएको छ। अल्बा मारुरीका परिवारका सदस्यहरुले अन्य लासको अन्तिम संस्कार गर्दा लागेको खर्च अस्पतालले दिनुुपर्ने माग राखेको छन्। – एन्जेसी