काठमाण्डौ । पहिलेदेखि नै बिग्रिएको चीन र अमेरिकाबीचको सम्बन्धमा कोरोनाभाइरसले आगोमा घ्युु थप्नेजस्तै काम गर्ने विश्लेषकहरुले बताएका छन्।

महामारी सुुरु भएसँगै केही मोर्चाहरुमा पहिलेदेखि नै तनाव बढेको छ। बेइजिङ र वासिङ्टनले एकअर्कालाई कोरोनाभाइरसको उत्पत्ति र यसको वास्तविक सीमाबारे आरोप प्रत्यारोपण गरिरहेका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि फेरि भन्सार शुुल्क बढाउने चेतावनी दिएका छन्। यी दुुवै देशहरुबीच दक्षिण चिनियाँ समुुद्रको विषयमा पनि मतभेद रहेको छ। “यो महामारीले अमेरिका र चीनबीच रणनितिक प्रतिस्पर्धा बढाउनेछ”, विश्व राजनीतिक परामर्शक भेर्सिक म्याम्पलक्रफ्टले भनेको छ, “कोरोनाभाइरसको महामारीले निःसन्देश अमेरिका र चीनबीच रहेको भूराजनीति तनावमा ऊर्जा थप्ने काम गरिरहेको छ।” 

भर्सिक म्याम्पलक्राफ्ट एसियाका प्रमुुख विश्लेषक हुुगो ब्रेननले यो महामारीले अबको १२ महिनासम्म यी दुुवै राष्ट्रबीच तनावको कारण बनिरहने बताए। संकटको समयमा वैश्विक प्रतिद्वन्द्विता घट्नुुको साटो झन् बढिरहेको छ। 

कोरोनाको संकटका कारण चीन र अमेरिकाबीच पहिलेदेखि नै लामो समयदेखि बिग्रिएको सम्बन्ध झनै बिग्रिएको छ। तथापि कोरोनाभाइरस महामारी अमेरिका र चीनबीचको सम्बन्धमा उत्पन्न भएको कठिनाइको कारण भने होइनन। ‘यो त केवल ट्रेन्डमात्रै हो, जुुन वर्षौंदेखि अस्तित्वमा रहँदै आइरहेको छ। किनकि यी दुुवैबीच पहिलेदेखि नै आर्थिक प्रभुुत्वका लागि प्रतिस्र्पधा गरिरहेका छन्”, द इकोनोमिस्ट इन्टिलिजेन्स युुनिट (ईआईयू) ले लेखेको छ। 

आर्थिक रुपमा सबल यी दुुवै देशहरु विगत दुुई वर्षदेखि निरन्तर रुपमा व्यापार युुद्धमा संलग्न भइरहेका छन्। जुुन बौद्धिक सम्पत्तिको अधिकार र प्रविधिको प्रभुुत्वजस्ता ठूला मुुद्दा वरिपरि घुुमिरहेको छ। 

दुुवै देशहरु जनवरी महिनामा अर्थात भाइरसको महामारी फैलनुुअघि सम्झौताको एउटा चरणमा पुुगेका थिए। तर यतिबेला त्यो सम्झौताको भविष्य अन्योलामा परेको छ। 

गत साता ट्रम्पले महामारीका लागि यो माध्यमिक रहेको भन्दै चीनलाई भन्सार शुुल्क बढाउने चेतावनी दिएका थिए। ट्रम्पले अब आउने निर्वाचनमा चीनलाई दोषी ठहराउने मुुख्य एजेन्डा बनाउने सक्ने देखिएको छ र यदि उनी फेरि पनि अमेरीकाको राष्टपति पदमा निर्वाचित हुुन्छन् भने अमेरिका र चीन बिचको चिसोपनले फेरि निरन्तरता पाउनेछ। 

तथापि चीनविरोधी प्रचारबाजी बढिरहे पनि विश्लेषकका अनुुसार यो महामारीले वैश्विक शक्तिलाई पश्चिमबाट पूर्वतिर मोडिन सक्नेछ। कोरोनाभाइरसका लागि चीनलाई अमेरिका एक्लैले मात्रै आरोप लगाइरहेको छैन। उसलाई अमेरिका अलावा बेलायत र अस्ट्रेलियाले पनि कोरोनाको प्रभावका लागि आरोप लगाइरहेको छ। 

यी देशहरुले चीनलाई संक्रमण फैलिँदा सुुस्त र अपारदर्शी कदम चालेको भन्ने आरोप लगाइरहेका छन्। तर यी आरोपहरुले एसियाको शक्ति राष्ट्र चीनलाई विश्वस्तरमा आफ्नो प्रभाव बढाउन रोक्न भने सक्ने छैन। अझ चीनले यो संकटलाई आफ्नो छवि विश्वसामुु फैलाउन र विशेषगरी कोरोनाबाट बढी प्रभावित राष्ट्रहरुमा सहयोग र सहायता पुुर्याएर आफ्नो प्रभाव विस्तार गर्न प्रयोग गर्न सक्ने सम्भावना देखिएको विश्लेषकहरुले बताएका छन्। 

बेइजिङले प्रभावित देशहरुमा मेडिकल आपूर्ति गरेर आफ्नो “मास्क कूटनीति” लाई अँगालिसकेको छ। विशेष गरेर चीनले अफ्रिका, पूर्वी युुरोप, दक्षिणपूर्वी एसिया र लेटिन अमेरिकामा आफ्नो उपस्थितिलाई अझै मजबुुत गर्नेछ। 

चीनले यतिबेला भाइरसको प्रभाव रोक्नलाई आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्ने सन्देश दिन खोजिरहेको छ। यसका साथै कोरोनाका कारण प्रभावित बनेका देशहरुले चीनलाई कसरी प्रकोपमाथि नियन्त्रण गर्न सफल भएको भनेर सुुझाव सल्लाह माग्ने विज्ञहरुले बताएका छन्। यसले विश्वस्तरमा अमेरिकाको नेतृत्वलाई अनुुपस्थित गरिदिनेछ। 

अमेरिकामा कोरोना संक्रमणका घटनाहरु बढिरहँदा चीनमा भने प्रकोप घट्दै गइरहेको छ। कोरोनको प्रभावका कारण अमेरिका र युुरोपेली देशहरुको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने देखिन्छ। जसका कारण यी देशहरुको मौद्रिक र आर्थिक नीतिहरु ठूलो मात्रामा ऋणमा निर्भर हुुने छन्। परिणामरुपरुप यी देशहरुको आर्थिक वृद्धिमा सुुस्तता आउनेछ। 

अर्काेतर्फ यो संकटबाट सबैभन्दा पहिला बाहिर चीन निस्किएर आर्थिक पुुनरुत्थान गर्ने देखिएको छ। त्यसैले यो महामारीले वैश्विक आर्थिक शक्तिलाई पश्चिमबाट पूर्वतिर पुनः सन्तुुलित गर्ने क्रियालाई गति दिनेछ। यसका साथै यदि संकटपछि विकसित देशहरुले कुुनै प्रभावकारी कदमहरु नचाले सुुस्त गतिमा वुद्धि भइरहेको पश्चिम र आर्थिक रुपमा गतिशील पूर्वबीचको दूरी अझै बढ्नेछ। – एजेन्सी