काठमाण्डौ । अमेरिकी सिनेटमा चीनमाथि प्रतिबन्ध लगाउने कानुन प्रस्ताव दर्ता गरेका छन्।
रिपब्लिकन पार्टीका सांसदहरुले मंगलबार राष्ट्रति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने खालको कानुन तयार पारेर प्रस्ताव दर्ता गरेका हुन्। ‘यदि चीनले कोरोनाभाइरस संक्रमणसम्बनधी पूरै जानकारी दिँदैन भने ऊमाथि अमेरिका प्रतिबन्ध लगाउनैपर्छ’, ती सांसदहरुले भनेका छन्।
सांसद जिम इनहोमले चीनको कम्युनिस्ट सरकार यो विश्व महामारीको जिम्मेवार रहेको ठहराउन आवश्यकरहेको बताएका छन्। ‘किनकि यसमा चीनको भूमिका सुनिश्चि छ’, उनले भने, ‘चीनले यो संक्रमणको सुरुआतका बारेमा पूर्ण रुपमा धोका दियो र यही धोकाका कारण अहिले विश्वले ठूलो मूल्य चुकाउनुपरेको छ।’
रिपब्लिकन पार्टीका सांसदहरुले प्रस्ताव गरेको कानुनको नाम ‘कोभिड–१९ अकाउन्टिबिलिटी बिल’ राखिएको छ। यो प्रस्तावित कानुनबमोजिम अब राष्ट्रपति ट्रम्पलाई ६० दिनभित्र संसदहरुलाई चीनले संक्रमणबारे पूर्ण रुपमा जानकारी दिइसक्नुपर्ने र यससम्बनधमा संयुक्त राष्ट्रसंघ वा त्यससँग जोडिएका संगठनहरु जस्तै डब्ल्यूएचओले आफ्नो अनुसन्धान सुरु गरिसकेको जानकारी दिनुपर्नेछ।
यो कानुनबमोजिम ट्रम्पलाई यो पनि प्रमाणित गर्नुपर्नेछ कि चीनले आफ्नो सबैभन्दा बढी खतरनाक वेट मार्केट (मासु बजार) बन्द गरिसकेको छ र कोभिड–१९ संक्रमणबीच पक्राउ गरिएका हङकङका लोकतन्त्र समर्थक प्रदर्शनकारिहरु रिहा भइसकेका छन्।
यदि यी सबै कुरा नभएमा यो कानुनबमोजिम राष्ट्रपति ट्रम्पले चीनमाथि थुप्रै गम्भीर प्रतिबन्ध लगाउनसक्ने अधिकार हुनेछ। जस्तै सम्पत्ति फ्रि जगर्ने, यात्रामा प्रतिबन्ध लगाउने, चिनियाँ कम्पनीहरुलाई अमेरिकी बैंकहरु र बजारसम्म पुग्न रोकलगायतका छन्।
यो प्रस्तावित कानुनको समर्थनमा अर्का सांसद लिन्जी ग्राहमले चीनले कोरोनाभाइरससँग जोडिएका गम्भीर अनुसन्धानमा सहयोग नगर्ने दाबी गरेका छन्। ‘चीनले अन्तर्राष्ट्रिय समुदायलाई वुहानको ल्याबमा अनुसन्धान गर्न मनाही गरेको छ’, उनले भने, ‘चीनले संक्रमणको सुरुआतका बारेमा बुझ्न अनुसन्धानकर्ताहरुलाई वुहानको ल्याबसम्मको पहुँच पुर्याउन नकारिरहेको छ।’ – एजेन्सी
7 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago