काठमाण्डौ। कोरोनाभाइरसको विषयमा लापरबाही गरेको आरोपमा इटालीका प्रधानमन्त्री ज्युुसेफ कोन्टेलाई त्यहाँका सरकारी वकिलहरुले सोधपुुछ गरेका छन्।

इटलीमा कोरोना संक्रमणबाट मृत्युु भएका परिवारका सदस्यहरुले सरकारविरुद्ध लापरबाहीको मुद्दा दर्ता गरेका थिए। जसको परिणामस्वरुप इटलीका प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई सरकारी वकिलहरुले लामो सोधपुुछ गरेका छन्। 

खबरका अनुुसार अभियोगकर्ताहरुलाई करिब तीन घन्टासम्म सोधपुुछ गरिएको थियो। सोधपुुछका क्रममा उनीहरुसँग लकडाउनको नीतिका बारेमा प्रश्नहरु सोधिएको थियो। 

इटालीका जनताहरुले सरकारको लापरवाहीको कारण कोरोना संक्रमण फैलिएको र समयमै कोरोनको हटस्पटहरुलाई सिल नगरेको भन्ने आरोप लगाएका थिए। नोई डेनुुन्सेरेमो नामको एक नागरिक समूहले इटालीको बरगैमो सहरमा ५० वटा मुुद्दा दर्ता गराएका थिए। 

परिवारजनले लोम्बाडीमा कोरोना संक्रमणको अत्यधिक केसहरु देखिए पनि त्यस क्षेत्रलाई रेड जोन घोषणा नगरिएको आरोप लगाएका थिए। सरकारको यो लापरबाहीका कारण इटलीको अन्य सहरमा कोरोना संक्रमण तीव्रगतिमा फैलिएको थियो। बैरगमो सहरमा सरकारविरुद्ध अत्यधिक मुद्दद्धा दर्ता भएपछि त्यहाँ सरकारी वकिलहरु रोम आएर प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीसँग सोधपुुछ गर्न आएका हुुन्। – एजेन्सी