काठमाण्डौ । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले रेकर्डतोड बजेट घाटा व्यहोर्नुपरेको छ। 

हिजो बिहीबार जारी आँकडाअनुसार अमेरिकाको बजेट घाटा ३.१ ट्रिलियन डलर रहेको छ। जुन द्वितीय विश्व युद्धपछिकै अर्थात् ७५ वर्षयताकै सबैभन्दा बढी हो। कोरोनाबाट प्रताडित जनतालाई राहात दिनका लागि गरिएको खर्चका कारण बजेट घाटा ३ गुना बढीले वृद्धि भएको छ। 

कंग्रेस बजेट कार्यालयले बिहीबार औचापरिक रुपमा आँकडा जारी गर्दै यो घाटा अमेरिकी अर्थतन्त्रको १५ प्रतिशतबराबर रहेको जनाएको छ। यो द्वितीय विश्वयुद्धपछि सबैभन्दा धेरै बजेट घाटा रहेको कार्यालयले जनाएको छ। अमेरिकी सरकारले द्वितीय विश्व युद्धमा आर्थिक परिचालनका लागि ठूलो परिमाणमा कर्जा लिएको थियो। 

यो महामारीबीच अमेरिकाले ६.६ ट्रिलियन डलर खर्च गर्यो भने खर्च गरिएको हरेक १ डलरमा ४८ सेन्ट कर्जा रहेको छ। सरकारको खर्च ४७ प्रतिशतले बढेको छ। जसमा ५७८ अर्ब डलर साना कारोबारीलाई राहात दिन खर्च गरिएको छ भने बेरोजगारी लाभग्राहीलाई दिइने खर्च पछिल्लो ६ महिनामा ४४ अर्ब डलरले बढेको छ। 

सरकारको राजस्व संकलन ४४ अर्ब डलरले घटेर ३.४ ट्रिलियन डलरमा सीमित बनको छ। बेरोजगारी बढ्नाले आयकरमा करिब १६ प्रतिशतले गिरावट आएको छ। – एजेन्सी