काठमाण्डौ। पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा १ हजार ९३५ जनासहित देशभर थप ३ हजार ७४९ जना संक्रमण पुष्टि भएको छ। 

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा पीसीरआर १६ हजार ५९८ जनाको भएकोमा काठमाण्डौमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जना र देशैभरि ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको बताए। उनका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। 

बितेको २४ घन्टामा ३ हजार ५६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ। 
पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ।  योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको मन्त्रालयले जनाएको छ। 
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ। जसमा संस्थागत आइसोलेसनमा १२ हजार ३४९ र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन्।