काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभर थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। 

पछिल्लो २४ घन्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा १५ हजार ८७५ नमुना परीक्षण गरिएको थियो। तीमध्ये काठमाण्डौ उपत्यकामा मात्रै १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको आज आयोजित स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो। जसमा काठमाण्डौमा १ हजार ४६९ जना, ललितपुरमा १३० जना र भक्तपुरमा ९९ जना छन्।

पछिल्लो २४ घण्टामा २३२६ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ। 
कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ।