काठमाण्डौ। पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालय मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उपत्यकामा १ हजार ७०२ सहित थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो। योसँगै हालसम्म देशभर संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। पछिल्लो २४ घन्टाको अवधिमा संक्रमणमुक्त हुनेको संख्या २ हजार १०८ रहेको छ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९६ हजार ६०९ रहेको छ। हाल सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ। यो अवधिमा थप ८ जनाको मृत्यु भएको छ। मृतकको संख्या ७६५ पुगेको मन्त्रालयले जनाएको छ।