काठमाण्डौ । गत २४ घण्टाको अवधिमा देशभर ३ हजार ६३७ कोरोना संक्रमित थपिएका छन् । योसहित देशमा हालसम्म पहिचान भएका कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । 

पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार २१५ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित डिस्चार्ज हुने संक्रमितको कुल संख्या १ लाख २ हजार ८२० पुगेको छ । बिहीबारसम्म निको हुनेको दर ६९.२३ प्रतिशत रहेको छ । 

गत २४ घण्टामा देशभर थप २१ संक्रमितको ज्यान गएको छ । योसहित नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ८१२ पुगेको छ । मृत्यु दर ०.५५ प्रतिशत रहेको छ ।