काठमाण्डौ । कोरोना संक्रमणबाट निको हुने दर बढेर सोमबार ९१ प्रतिशत पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १ हजार ९८० नयाँ कोरोना संक्रमित थपिएका छन् । 

यो अवधिमा डिस्चार्ज हुनेको संख्या ३ हजार ४३ रहेको छ । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको छ भने निको हुने दर बढेर ९०.९० प्रतिशत पुगेको छ । 

थपिएकासहित नेपालमा हालसम्म कोरोनाबाट संक्रमण हुनेको कुल संख्या २ लाख २२ हजार २८८ पुगेको छ । 

सोमबार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ मा सीमित बन्न पुगेको छ । 

गत २४ घण्टामा देशभर थप १६ कोरोना संक्रमितको ज्यान गएको छ । योसहित कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या  १ हजार ३३७ पुगेको छ ।