काठमाण्डौ । कोरोना महामारीको यो विषम परिस्थितिमा धेरैजसो मानिसको आम्दानीको स्रोत बन्द भएको छ। सरकारद्वारा जारी गरिएको निषेधाज्ञाका कारण मानिसहरु घरमै बस्न बाध्य छन्। दैनिक आवश्यकता पूरा गर्नुपर्ने बाध्यता र महामारीको यो अवस्थामा भवितव्यका लागि खर्च कम गर्नुपर्ने अवस्थाका बीच मानिसहरुसँग लगानीका लागि पैसाको अभाव देखिएको छ। 

यस्तोमा आउनुस् हामी तपाइँलाई घरमै बसी बिना कुनै लगानी पैसा कमाउन सकिने केही उपायहरुबारे बताउँछौँ। तर यसका लागि तपाइँसँग इन्टरनेट हुन भने आवश्यक छ। 

युट्युबबाट गर्न सकिन्छ कमाइ

नेपालमा पनि युट्युबबाट नै लाखौँ कमाउनेहरुको संख्या बढ्दैछ। युट्युबलाई नै आफ्नो आम्दानीको मुख्य स्रोत बनाउनेको संख्या नेपालमा बढ्दैछ। राम्रो आम्दानी हुने र इन्टरनेटको पहुँच पनि बढ्दै गएकाले पनि मानिसहरु युट्युबकको कमाइप्रति आर्कषित हुँदैछन्। तर युट्युबबाट कमाउन सोचेअनुरुप भने सजिलो छैन। यसका लागि युट्युबमा राख्ने तपाइँको भिडियो वा कन्टेन्ट सिर्जनशील वा अर्गानिक हुन आवश्यक छ। यस्तो भयो भने तपाइँको भिडियो सेयर हुने र भ्यु धेरै हुने सम्भावना उच्च हुन्छ। तपाइँले आफ्नो रुचि भएको विषयवस्तु वा आफू पोख्त भएको विषयमा कन्टेन्टहरु बनाउन सक्नुहुन्छ। जस्तै– पकवानका भिडियोहरु, यात्रासम्बन्धी भिडियोहरु, गिटार, पियानो वा अन्य बाद्यबाधन बजाएको भिडियोहरु वा घरको सजावटसम्बन्धी टिप्सहरुलाई कन्टेन्टको रुपमा प्रयोग गर्न सकिन्छ। तर यसका लागि इडिटिङ पनि राम्रो हुन आवश्यक पर्दछ। 

सामाजिक सञ्जालहरुबाट हुन्छ कमाइ

फेसबुक, ट्विटर, इन्ट्राग्राम वा स्न्याप च्याटजस्ता सामाजिक सञ्जालहरुलाई भलै तपाइँ हामीले समय कटाउनका लागिमात्रै प्रयोग गरे पनि यी सामाजिक सञ्जालहरुबाट पैसा आर्जनसमेत गर्न सकिन्छ। तर यसका लागि सामाजिक सञ्जालमा अलि चर्चित हुन आवश्यक छ। यसपश्चात कम्पनीहरुको पोस्ट स्पोन्सर गर्न सकिन्छ। यदि तपाइँ चाहनुहुन्छ भने फेसबुक पेज बनाउन सुक्नुहुन्छ र त्यसमा राम्रा–राम्रा कन्टेन्टहरु राखेर पेज लाइक बढाउन सक्नुहुन्छ। जब पेजमा लाइकहरु धेरै हुँदै जान्छ तब तपाइँले त्यसमा पनि स्पोन्सर पोस्टिङ गर्न सक्नुहुन्छ। यतिमात्रै नभई यस्तो पेजलाई बेच्न पनि सकिन्छ। 

फ्रिल्यान्चिङ पनि हो एउटा राम्रो माध्यम

धेरैजसो मानिसहरु यस्ता पनि हुन्छन् जोसँग केही विशेष सीपहरु हुने गर्दछ। तर उनीहरु यीमध्ये एक वा दुुईवटा सीपहरुमात्रै उपयोग गर्ने गर्दछन्। यस्तोमा केही यस्ता वेबसाइटहरु पनि छन्, जसमा हरेक प्रकारका सीपहरु भएका मानिसको खाँचो हुने गर्दछ। यस्ता वेबसाइटहरुले विभिन्न ठाउँबाट काम लिने गर्दछन् र फ्रिल्याङचिङ गर्नेहरुबाट यस्तो कामहरु पूरा गराउने गर्दछन्। तपाइँहरुले पनि आफ्नो सीपअनुरुप कुनै काम लिएर पैसा कमाउन सक्नुहुन्छ। पार्ट टाइम कमाइका लागि यो एकदमै उपयुक्त तरिका हो। 

ब्लगिङ गरेर पनि कमाउन सकिन्छ 

ब्लगिङ कुनै समय शोखका रुपमा गर्ने गरिन्थ्यो। तर अहिले यो कमाइको माध्यम बनिकसेको छ। ब्लगिङ गरेर नै मानिसहरुले लाखौँ कमाइरहेका छन्। तर ब्लगिङ गर्नेहरुले यो सम्झनुपर्छ कि यसबाट तुरुन्त नै आम्दानी भने हुँदैन। सर्वप्रथम राम्रो र युनिक कन्टेन्ट दिएर आफ्नो ब्लगलाई लोकप्रिय बनाउनुपर्दछ। जब ब्लग लोकप्रिय हुनेछ तब त्यसलाई मोनिटाइज गरेर पैसा आर्जन गर्न सकिन्छ। यसको राम्रो पक्ष यो हो कि एकपटक राम्रो कन्टेन्ट लेखेपछि यसबाट कयौँ वर्षसम्म पैसा आर्जन गर्न सकिन्छ। 

कोडिङ आउँछ भने बग पत्ता लगाएरसमेत कमाउन सकिन्छ

प्रायः तपाइँहरुले सुन्नु भएकै होला कि फेसबुक, ट्विटर वा गुुगलमा कुनै बग आएर समस्याको सामना गर्नुपरिरहेको छ भनेर। यदि तपाइँहरु कोडिङ जान्नुहुन्छ भने तपाइँले यी कम्पनीहरुका लागि बग पत्ता लगाउने काम गर्न सक्नुहुन्छ। वास्तवमा कम्पनीहरुलाई कुनै बगका बारेमा थाहा हुने गर्दैन भने कुनै बगलाई कसरी ठिक गर्ने भनेर थाहा हुँदैन। यस्तोमा कम्पनीका लागि बग खोजेर पैसा कमाउन सकिन्छ। केही समय पहिले फेसबुकको बग बाउन्टी कार्यक्रमका माध्यमबाट भारतीय अनुसन्धानकर्ताहरुलाई ४.८४ करोड भारतीय रुपैयाँ दिइएको थियो। विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल नेटवर्किङद्वारा दिइएको यो सबैभन्दा ठूलो भुक्तानी थियो। 

अनलाइन टिचिङ वा ट्युसन 

यदि तपाइँहरुमा बालबालिकाहरुलाई पढाउने कला छ भने यसका लागि अनलाइन टिचिङ वा ट्युसन सबैभन्दा उत्तम विकल्प हुनसक्छ। पैसा कमाउने यो तरिका ती महिलाहरुका लागि उपयुक्त हुने गर्दछ, जो पहिले बालकालिकाहरुलाई पढाउने गर्दथे र विवाह वा अन्य कुनै कारणवश पढाउन असर्थ छन्। अहिलेको वर्तमान अवस्थामा अनलाइन टिचिङ वा ट्युसनको आवश्यकता एकलमै बढेको छ। 

कन्टेन्ट राइटिङबाट कमाइ

इन्टरनेटको दुनियाँमा अहिले धेरैजसो व्यापार–व्यवसायहरु अनलाइन हँदै गइरहेका छन्। धेरैजसो मानिसहरुको सम्पूर्ण काम र कमाइ नै अनलाइनबाट भइरहेको छ। यस्तोमा यस्ता कम्पनीहरु छन्, जसलाई कन्टेन्ट राइटर्सहरुको आवश्यकता पर्ने गर्दछ। कन्टेन्ट राइटर्सहरुले सीधै कम्पनीहरुका लागि काम गर्न सक्छन् वा लेखेर ती तमाम कम्पनीहरुलाई बेच्न सक्छन्। 

ट्रान्सलेसनबाट पनि कमाउन सकिन्छ

यदि तपाइँको नेपाली वा अंग्रेजी राम्रो छ भने तपाइँले ट्रान्सलेसन पनि गर्न सक्नुहुन्छ। यस्तो काम तपाइँले फ्रिल्यान्चिङ वेबसाइटबाट पनि प्राप्त गर्न सक्नुहुन्छ। 

वेबसाइट डेभलपमेन्ट

इन्टरनेटको यो जमानामा वेबसाइट डेभलपमेन्टको काम  जोडतोडले भइरहेको छ। निरन्तर वेबसाइट बनिरहेका छन्। मानिसहरु आफ्नो व्यवसायलाई अनलाइन गर्दै गइरहेका छन्। यस्तोमा तपाइँले वेबसाइट डेभलपमेन्टको काम गरेर पैसा कमाउन सक्नुहुन्छ। तर यसका लागि तपाइँसँग विशेष स्किल हुन आवश्यक पर्दछ। यदि तपाइँसँग वेबसाइट डेभलपमेन्टको राम्रो अनुुभव छैन भने यो काममा हात नहालेकै राम्रो। 

सोसल मिडिया म्यानेजमेन्ट

यस्ता मानिस वा कम्पनीहरुको कमी छैन, जो आफ्ना फेसबुक पेज वा अन्य सोसल मिडिया पेज म्यानेज गराउन चाहन्छन्। यस्तोमा तपाइँले पनि सोसल मिडिया म्यानेजेमेन्टको काम गर्न सक्नुहुन्छ। तपाइँले कुनै सेलिब्रेटीको पेज ह्यान्डल गर्दै हुनुहुन्छ भने तपाइँले लाइक बढाउने रणनीति अपनाउनुपर्ने हुन्छ। अर्काेतर्फ कुनै कम्पनी वा सोसल मिडिया म्यानेजमेन्ट गर्दैहुनुुहुन्छ भने त्यसका लागि मार्केटिङ गर्ने र सेल्स बढाउने रणनीति बनाउनुपर्ने हुन्छ। – एजेन्सीको सहयोगमा