काठमाण्डौ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचारका लागि व्यवस्था मिलाएको हो। यसका लागि सरकारले ती अस्पताल तथा मेडिकल कलेजसँग सम्झौता गरेको छ। 

सरकारले संक्रमितको निःशुल्क उपचार सेवा उपलब्ध गराउन बागमती प्रदेशमा १७, सुदूरपश्चिम ६, लुम्बिनी, गण्डकी र प प्रदेश २ मा २/२ र प्रदेश १ मा एउटा निजी अस्पतालसँग सम्झौता गरेको छ। 

सम्झौताअनुसार सरकारले यी निजी अस्पतालालई आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ, मध्यम जटिल केसका बिरामीको उपचारका लागि ७ हजार रुपैयाँ र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्नाबापत रकम उपलब्ध गराउनेछ। यसका लागि ती अस्पतालहरुले संक्रमितको उपचार खर्चको विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्नेछ।