काठमाण्डौ । गत २४ घण्टामा देशभर २४०१ कोरोना संक्रमित थपिएका छन् । 

देशभर ७ हजार १० पीसीआर तथा ४ हजार ६८६ एन्टीजेन गरी कुल ११ हजार ६९६ नमूनाको परीक्षण गर्दा २४०१ मा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ३ हजार ६६० संक्रमितले कोरोना जितेका छन् । 

यस्तै, यो अवधिमा देशभर ३४ संक्रमितको मृत्यु भएको छ । 

शनिवारसम्म नेपालमा कोरोनाबाट निको हुने दर ८९.३ प्रतिशत पुगेको छ । कुल मृतकको संख्या ८ हजार ६७५ तथा मृत्युदर १.६ प्रतिशत पुगेको छ । 

देशभर हाल ५७ हजार ६१८ सक्रिय संक्रमित रहेका छन् । 

हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ भने ५ लाख ५३ हजार ३४२ जना निको भएका छन् ।