काठमान्डौ । कोरोनाकालमा संसाभरको सेयर बजारमा एकाएक उछाल आइरहेको बेलामा अमेरिकी स्टक मार्केटमा पनि बबल नै आएको छ। 

कोरोना महामारीको सुरुआतसँगै एसियाको जापान, भारतलगायतका ठूला सेयर बजारमा पनि दैनिक बढोत्तरी आएको समचार विदेशी सञ्चार माध्यममा आइरहेका छन्। यही बेला गत सोमबार अमेरिकी सेयर बजार इतिहासमै कोरोना महामारीको सुरुआती अवस्थाका बेला तल्लो विन्दुबाट सतप्रतिशतले बढोत्तरी आएको छ। 

गत मार्चबाट एस एन्ड पी ५०० डब्बलले बढेर हाल ४४४८ को विन्दुमा पुगेको छ। त्यसैगरी डाउजोन पनि गत अगस्ट १३ मा ३५५५१ को विन्दुमा पुगेको थियो। 

यो समयमा मुख्य गरेर ई–कर्मस अमेजन तथा जुमजस्ता कम्पनीहरुको व्यापार तथा लगानीकर्ताको आकर्षण बढेको पाइएको छ। यसरी बढ्नको मुख्य कारण भने कोरोनाभाइरसपछि विकास भएको भ्याक्सिन र अमेरिकी फेडरल रिर्जभ बैंकले ल्याएको राहात प्याकेजलाई आधार बनाइएको छ। 

कोरोनाले एयरलाइन्स कम्पनी तथा ट्राभलसम्बन्धी कम्पनीलाई भने ठूलो असर गरेको बताइएको छ। 

अर्थशास्त्रीहरुले नयाँ डेल्ट भेरियन्टसँगै अर्को लकडाउनको सम्भावना पनि रहेको औँल्याएका छन्। एक अध्ययनले अमेरिकीहरुले गएको ३ महिनामा कम खुद्रा सामान खरिद गरेको पनि बताइएको छ। – एजेन्सी