वासिङ्टन। संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडान रद्द गरिएका छन्। 

आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा १ हजार ९५६ उडान रद्द गरिएका हुन्। जब िक अमेरिकाभित्र र बाहिर अन्य ८७० उडान ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले जानकारी दिएको छ।

द हिलका अनुसार साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान रद्द भएका छन्। अमेरिकन एयरलाइन्सले आज १३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ।

आइतबार र क्रिसमसको पूर्वसन्ध्यालगायत विगत १० दिनमा एयरलाइन्सहरुले अमेरिकामा १४ हजारभन्दा बढी उडान रद्द गरेको फ्लाइटअवेयर तथ्यांकले जानकारी दिएको छ।

– रासस/एएनआई