काठमाण्डौ । कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ। यही पुस ३० गते इन्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको हायात रेजेन्सीको कार्यक्रम र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)को कार्यक्रम पनि स्थगित भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौको पछिलो आदेशअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएका छन्। कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड हुने सभा सम्मेलन, कार्यक्रम धमाधम स्थगित भइरहेका छन्।
आयोजकका अनुसार अर्को सूचनापछि मात्र कार्यक्रमको आगामी तयारी गरिनेछ।
9 minutes ago
13 minutes ago
23 minutes ago
31 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago