काठमाण्डौ । पछिल्लो समय नेपाल कोरोनाबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार कोरोना संक्रमणदर ह्वात्तै बढेको देखिएको हो। पछिल्लो २४ घन्टामा परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ। 

सोही अवधिमा काठमाण्डौमा मात्रै ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ।  

यो अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार हालसम्म देशभर संक्रमितको कुल संख्या ९ लाख ७२ हजार १९८ पुगेको छ। संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको हुँदा कुल ११ हजार ६२४ जनाको मृत्यु भएको छ। 

देशभर हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ।