काठमाण्डौ । चीनमा कोरोना संक्रमणले कहर निम्त्याएको छ। बेइजिङ, सांघाईलगायत चीनका धेरै ठाउँमा कोभिडका बिरामीको ग्राफ बढिरहेको छ। तर, चीनले कोरोनाको प्रतिबन्ध हटाइरहेको छ।
चीनले आज (आइतबार) देखि अन्तर्राष्ट्रिय यात्रुका लागि अनिवार्य क्वारेन्टाइन खारेज गरेको छ। तीन वर्षसम्म अन्तर्राष्ट्रियस्तरमा एक्लै बसेको चीनले यो निर्णय गरेको हो। चीनमा कोरोना संक्रमितको संख्यामा भारी वृद्धि भइरहेका बेला यो निर्णय गरिएको हो।
चीनले आफ्ना अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने घोषणा पनि गरेको छ। चीनको हेल्थ अथोरिटीले भर्खरै भनेको थियो कि चीनको कोभिड–१९ व्यवस्थापन जनवरी ८ बाट आराम हुनेछ। यो प्रकोप कम भएको र यो विस्तारै सामान्य श्वासप्रश्वास संक्रमणमा परिणत हुँदै गएको हेल्थ अथोरिटीले जनाएको छ।
चीनमा शून्य कोभिड नीतिको अन्त्य भएपछि कोरोनाका केसहरु लगातार बढिरहेका छन्। तर, विगत केही वर्षदेखि लागू गरिएका यी कडा कोरोना प्रतिबन्धका कारण चीनको अर्थतन्त्रमा नराम्रो असर परेको छ। जसका कारण चीनको सी चिनफिङ सरकार जनताको आक्रोशको सामना गर्नुपरेको छ। यसैलाई ध्यानमा राख्दै चीनले गत महिना शून्य कोभिड नीति फिर्ता लिनुपर्यो।
सञ्चारमाध्यमका अनुसार चीनमा कोरोनाबारे मानिसहरुको लापरबाहीको अवस्था यस्तो छ कि गत वर्षको अन्त्यमा अधिकारीहरुले अन्तर्राष्ट्रिय नाका खोल्ने घोषणा गरेपछि चिनियाँहरुले विदेश जाने योजना बनाउन थालेका छन्। किनकि स्थानीयले ट्राभल वेबसाइटहरुमा सोधपुछ गर्न थाले।
चीनमा कोरोना महामारीको चलिरहेको प्रकोपलाई लिएर विज्ञहरुले चीनले केही प्राकृतिक नियमविरुद्धमा गएको बताएका छन्। कतिपय वैज्ञानिकहरुले जनसंख्या केही हदसम्म संक्रमित भइसकेपछि मात्रै यो भाइरसको प्रकोप रोकिने बताउँछन् तर चीन शून्य कोभिड नीतिमा अडिग रहेको छ।
सन् २०२२ को सुरुआतमा जब अधिकांश देशले नियमहरु खुकुलो पारेर जनजीवन सामान्य बनाउन खोजिरहेका थिए, त्यतिबेला चीनले शून्य कोभिड नीति लागू गर्यो। वास्तवमा कोरोनाको मामलामा धेरै देशहरूले स्वीकार गरेका छन् कि अब उनीहरूले यो भाइरससँग बाँच्न सिक्नुपर्छ। तर, चिनियाँ सरकारले यो कुरामा सहमति जनाएन।
जब चीनले शून्य कोभिड नीति हटायो तब देशभर मामिला बढ्न थाल्यो। अस्पतालको अवस्था बिग्रियो।
यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य समितिले जनवरी ८ देखि अन्तर्राष्ट्रिय यात्रुका लागि अनिवार्य क्वारेन्टाइन अन्त्य गर्ने घोषणा गरेको थियो। अधिकारीहरुले कोभिड–१९ व्यवस्थापनलाई ‘ए’ श्रेणीबाट ‘बी’ श्रेणीमा डाउनग्रेड गरिएको जानकारी दिएका छन्। उनीहरुको तर्क छ कि ओमिक्रोन भेरिएन्ट डेल्टा स्ट्रेनभन्दा बढी घातक छैन। –एजेन्सी
15 minutes ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
15 hours ago
15 hours ago