काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध स्वास्थ्य सामग्री खरिदमा गर्दा अनियमितता गरेको भन्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्। बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोनाभाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको पौडेलको उजुरीमा उल्लेख छ। ‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सिफारिस नगरेको र भर पर्न नसकिने खालका र्यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको छ’, पौडेलले अख्तियारको वेबसाइटमार्फत उजुरीमा उल्लेख छ, ‘स्वास्थ्यमन्त्री ढकालमाथि छानबिन होस्।’
डब्लूएचओले हालसम्म मान्यता नदिएका कारण सरकारले चीनबाट खरिद गरी मगाएको ७५ हजार थान र्यापिड टेस्टिङ किट अहिले गोदाममा थन्किएको छ।
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago