काठमाण्डौ। पोखराको सेती खोँचमा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान खसेर दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनामा परेको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए। यही विमानकी को–पाइलट थिइन्, अन्जु खतिवडा। विमानको पाइलट भने कमल केसी थिए।
को–पाइलट खतिवडाका पति दीपक पोखरेल पनि यसअघि यती एयरलाइन्सकै को–पाइलट थिए। १६ वर्षअघि भएको विमान दुर्घटनामा पोखरेलको निधन भएको थियो।
विसं. २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेको थियो। सोही दुर्घटना को–पाइलट पोखरेलको निधन भएको थियो।
पतिको मृत्युपछि अन्जुले पाइलट कोर्स पूरा गरिन् र उडान क्षेत्रमा प्रवेश गरेकी थिइन्।
31 minutes ago
45 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago