काठमाण्डौ । क्यापिटल मार्केट ट्रेनिङ इन्स्टिच्युट प्रालिको आयोजनामा स्टक व्रोकर कम्पनी सिप्रवी सेक्युरिटिज प्रालि (ब्रोकर नं. २२) का कर्मचारीलाई तालिम प्रदान गरिएको छ।
नेपालको पुँजीबजारसँग आवद्ध रहेका नियामक निकाय, स्टक ब्रोकर, निक्षेप सदस्य, राफसाफ सदस्य, मर्चेन्ट बैंकरका कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी वृत्तिविकासमा महत्व पूर्ण योगदान गर्ने उद्देश्यका साथ स्थापित इन्स्टिच्युटले दोस्रो कार्यक्रमका रुपमा सिप्रबी सेक्युरिटिजमा कार्यरत कर्मचारीलाई आफ्नै हलमा तालिम प्रदान गरेको हो।
तालिमको पहिलोसत्रमा एचआर ट्रेनर विकास लामाले कर्मचारी र संगठनको सम्बन्ध, कर्मचारीको उत्प्रेरणा, विकास र कर्मचारीले संस्थाको सफलतामा खेल्नुपर्ने निर्णायक भूमिकाको बारेमा जानकारी गराएका थिए। दोस्रो सत्रमा इन्टरनेसनल कर्पोरेट ट्रेनर मानुषी अग्रवालले ग्राहकसँगको सम्बन्ध, प्रस्तुतीकरण, गुनासो सुनुवाइ, समस्याको समाधान, गुणस्तरीय सेवाप्रवाह, ग्राहक सन्तुष्टिलगायतका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
तालिममा सिप्रबीका १५ जना कर्मचारीको सहभागिता थियो।
नेपालको पुँजीबजारमा आबद्ध संस्थाहरुका कर्मचारीलाई समय–समयमा यस्तो प्रकारका तालिमहरु प्रदान गरी गुणस्तरीय सेवाप्रवाह गर्न कर्मचारीको वृत्तिविकास गर्नुपर्ने नियमकीय प्रावधानसमेत रहेको छ। क्यापिटल मार्केट ट्रेनिङ इन्स्टिच्युटले सिप्रबी सेक्युरिटिजसँग समन्वय गरि यस यस प्रकारको तालिम आयोजना गरेकोमा एचआर ट्रेनर लामाले सफलता तथा निरन्तरताका लागि शुभकामना व्यक्त गरे।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धेरै संघसंस्थाहरुमा संस्थागत तालिमकर्ताका रुपमा प्रशिक्षण दिएता पनि ब्रोकर कम्पनीका कर्मचारीहरुसँग आफ्ना अनुभव तथा विषयहरु साटासाट गर्न पाएकोमा इन्टरनेसनल कर्पोरेट ट्रेनर अग्रवालले खुसी व्यक्त गर्दै धन्यवाद दिइन्।
कार्यक्रममा सिप्रबी सेक्युरिटिजका कार्यकारी अध्यक्ष जयन्त श्रीवास्तव ले दुवैजना प्रशिक्षकलाई धन्यवाद दिँदै यस्ता प्रकारका कार्यक्रमहरुले सम्बद्ध कम्पनीहरुले प्रदान गर्ने सेवाको गुणस्तर बढ्ने हुँदा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागि जोड दिए।
6 minutes ago
25 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
12 hours ago
13 hours ago