काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सको कारोबारमा संलग्न नहुन पुनः आह्वान गरेको छ। 

राष्ट्र बैंकको गभर्नरको कार्यालयले आज क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धमा सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गर्दै यस्तो आह्वान गरेको हो। 

छोटो अवधिमै उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्किङ मार्केटिङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने राष्ट्र बैंकले चेतावनी दिएको छ। ‘कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार र व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत गराउँछौँ’, राष्ट्र बैंकले भनेको छ। 

यस्तो छ क्रिप्टोकरेन्स तथा नेटवर्किङ मार्केटिङ सम्बन्धमा राष्ट्र बैंकले प्रकाशित गरेको जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री–