काठमाण्डौ । पछिल्लो समय क्रिप्टोकरेन्सीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ। 

आइतबार बिटक्वाइनको मूल्य २८ हजार डलरमुनि झरेको छ। आज आइतबार चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य २७५९५.७० डलरमा सीमित भएको छ। यससँगै बिटक्वाइनको मूल्यमा पछिल्लो २४ घण्टामा ४ प्रतिशतको गिरावट आएको छ। 

आइतबार ग्लोबल क्रिप्टो मार्केट क्यापको मूल्य १.१३ करोड डलर छ। जुन अघिल्लो दिनको तुलानामा ५.०९ प्रतिशतले कम हो। 

कुल क्रिप्टो मार्केट भोल्युम पछिल्लो २४ घन्टामा ७१.५५ अर्ब डलर रहेको छ। जुन अघिल्लो दिनको तुलनामा ६.१४ प्रतिशतले बढी हो। 

यस्तै अन्य बिटक्वाइनको मूल्यमा पनि गिरावट आएको छ। डजक्वाइनको मूल्य १२.८ प्रतिशतले घटेर ०.०६६१६९ डलरमा सीमित भएको छ। कार्डानोको मूल्यमा पनि १०.९ प्रतिशतको गिरावट आएको छ। यो गिरावटका साथ कार्डानोमो मूल्य ०.५२२२११ डलरमा सीमित भएको छ। 

यसैगरी सोलानाको मूल्य १३.९ प्रतिशतले घटेर ३२.४३ डलरमा झरेको छ। यसको अलावा एभालान्च, पोल्काडोट, पोलिगन र अन्य क्रिप्टोहरुको सेयरमूल्यमा पनि गिरावट आएको छ।