काठमाण्डौ । वर्तमान समयमा क्रिप्टोकरेन्सी र डिजिटल करेन्सीको धेरै नै चर्चा हुने गरेको छ।
मानिसहरुमा क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी एउटै हो भन्ने आमबुझाइ रहेको पाइन्छ। तर, यर्थातमा यी दुईबीच धेरै नै भिन्नता छ।
क्रिप्टोकरेन्सी र डिजिटल करेन्सीबीचको भिन्नता
डिजिटल करेन्सीलाई देशको केन्द्रीय बैंकले जारी गर्छ। यसलाई सम्बन्धित देशको सरकारले नियमन गर्ने गर्दछ। त्यसैले सरकारी डिजिटल करेन्सीमा गरेको लगानी सुरक्षित हुन्छ।
सरकारी डिजिटल करेन्सीलाई अफलाइन रुपैयाँ, डलर तथा अन्य विदेशी मुद्रामा बदल्न सकिन्छ।
क्रिप्टोकरेन्सी प्राइभेट करेन्सी हो। यसलाई डिजिटल सम्पत्ति पनि भन्ने गरिन्छ। क्रिप्टोकरेन्सीलाई कुनै पनि देशको सरकारले नियमन गर्ने गर्दैन। त्यसैले क्रिप्टोकरेन्सीमा गरिने लगानी जोखिमपूर्ण हुने गर्छ।
क्रिप्टोकरेन्सी मूल्यको एउटा भण्डार हो र यसलाई इन्क्रिप्सनद्वारा सुरक्षित गर्न सकिन्छ। यसलाई उन्नत ब्लकचेन प्रविधिको प्रयोगबाट बनाउने गरिन्छ।
साधारण शब्दमा भन्नुपर्दा डिजिटल करेन्सी क्रिप्टोकरेन्सीजस्ता बिटक्वाइन, डजक्वाइन, इथेरियमजस्तै हुन्छन्। तर, डिजिटल करेन्सीलाई सरकारले नियमन गर्ने गर्छ। –एजेन्सी
3 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
15 hours ago
15 hours ago