काठमाण्डौ । यूएसबी बैंकले समस्याग्रस्त क्रेडिट सुइस प्राप्ति गर्न छलफल गरिरहेको छ।
दुई स्विस बैंकहरुबीचको वार्ता यस्तो समयमा भइरहेको छ कि जब ग्राहक र लगानीकर्ता क्रेडिट सुइसप्रतिको विश्वास गुमाइरहेका छन्। यसका लागि स्विस सरकारसँग यूबीएस बैंकले बैंक ग्यारेन्टी पनि मागेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यूबीएस बैंकले क्रेडिट सुइस अधिग्रहणका लागि स्विस सरकारसँग ६ अर्ब डलरको बैंक ग्यारेन्टी मागेको छ। यो बैंक ग्यारेन्टी क्रेडिट सुइसका केही इकाइ बन्द लाग्ने खर्च र सम्भावित मुद्दामामिलाको शुल्क कभर गर्न प्रयोग गरिनेछ।
प्रतिवेदनका अनुसार क्रेडिट सुइसबाट ग्राहक र लगानीकर्ताहरु बाहिरिएपछि अधिग्रहण वार्ताले गति लिएको छ। सबै पक्ष जतिसक्दो चाँडो निर्णयमा पुग्न चाहन्छन्।
क्रेडिट सुइसको यूबीएस बैंकसँग मर्जरले आर्थिक संकटबाट जोगिनेछ तर यो मर्जरमा १० हजार कर्मचारीको जागिर खोसिने सम्भावना छ।
वित्तीय संकटमा फसेको अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको पतनपछि क्रेडिट सुइस तेस्रो र ठूलो बैंक थियो। जसका कारण बैंकको सेयरमा ठूलो गिरावट आएको छ।
क्रेडिट सुइसले मार्च १४ मा जारी गरेको २०२२ को वार्षिक प्रतिवेदनमा बैंकले वित्तीय प्रतिवेदनमा केही कमजोरी पहिचान गरेको बताइएको थियो। क्रेडिट सुइसको नाम घोटालामा आउनुले ग्राहक र लगानीकर्ता दुवैको विश्वास घटाएको छ। चौथो त्रैमासिकमा ग्राहकले बैंकबाट ११० अर्ब स्विस फ्रांक झिकेको बैंकले जनाएको छ। –एजेन्सी
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago