काठमाण्डौ । मूल्यमा तीव्र गिरावट आउन थालेपछि विश्व बजारमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीहरु क्र्यासको बाटोमा लम्किरहेको अनुमान गरिन थालेको छ। 

गत सोमबार बिटक्वाइनको मूल्य गएको अप्रिलमा बनाएको उच्च रेकर्डबाट ५० प्रतिशतले घटेर ३० हजार ८२० अमेरिकी डलरमा झरेको छ। यो मुद्राको मूल्यमा सोमबारमात्रै एकैदिन २.७ प्रतिशतले गिरावट आएको थियो। 

बिटक्वाइनको मूल्यसँगै अन्य भर्चुअल मुद्रा  इथेरियमको मूल्यमा पनि  गिरावट आएको छ। गत मे महिनाको उच्च रेकर्डका आधारमा यो मुद्राको मूल्य ६० प्रतिशतले गिरावट आएर अन्तर्राष्ट्रिय बजारमा १ हजार ८२२.६ डलरमा कारोबार भएको छ। 

त्यसैगरी डोजक्वाइन सबैभन्दा धेरै गएको मे महिनाको उच्च रेकर्डका आधारमा ७५ प्रतिशत डाउन भएर १७.५ डलरमा कारोबार भएको छ। 

क्रिप्टोकरेन्सहरुको मूल्य यसरी खस्नको मुख्य कारण दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीचको शीतयुद्ध भएको विश्लेषकहरुको दाबी छ। केही समयअघि चीन सरकारको नियामक निकायले बिट्क्वाइनलगायत अन्य क्रिप्टोकरेन्सहरुलाई प्रतिबन्ध लगाएको थियो। अन्य राष्ट्रहरुले पनि मनी लन्डरिङको आशंकामा यी मुद्रालाई प्रतिबन्ध लगाएका थिए। – एजेन्सी