काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसको ९९ औं सञ्चालक समितिको बैंठकबाट वाणिज्य बैंक समूूहमा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल के. शाह संचालक पदमा नियुक्त भएका छन् । 

शाह हाल नेपाल बैंकर संघका अध्यक्ष समेत रहेका छन् । यसअघि वाणिज्य बैंक समूूहतर्फका उपेन्द्र पौडेल सेवा निवृत भएकोले सो पद रिक्त रहेको थियो । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरी जम्मा ७ जनाको प्रतिनिधित्व रहने व्यवस्था छ ।