काठमाण्डौ । खप्तड लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ। 

दुवै लघुवित्तबीच बुधबार एक समारोहबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। अन्तिम सम्झौतापत्रमा लागि खप्तड लघुविका अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्तका अध्यक्ष ईश्वरलाल राजभण्डारीले हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा धौलागिरी लघुवित्तका तर्फबाट सञ्चालक एबं संयुक्त मर्जर समितिका संयोजक हरिप्रसाद शर्मा, सिर्जना थापा, डा. सुदर्शन सिलवाल र प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहोरा तथा खप्तड लघुवित्तका तर्फबाट सञ्चालकहरु रणदेव कृष्ण श्रेष्ठ, चन्द्रबहादुर चन्द, डबलबहादुर शाहा तथा प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बमको उपस्थिति थियो।

यी दुवैबीच गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ। गत पुस १७ गते नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो। 

राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका—२ श्रीनगर टोलस्थित रजिस्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ।  

त्यसैगरी सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तले खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदाबरीमा रहेको छ।