काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। 

यो लघुवित्तले सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ जारी हुनेछ। 

कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल संस्थापकहरुबाट चुक्तापुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपछि यो लघुवित्तको चुक्तापुँजी ४ करोड रुपैयाँ पुग्नेछ।

यसैगरी खप्तड लघुवित्तले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। 

यस सम्बन्धमा आज खप्तड लघुवित्त र प्रभु क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा खप्तड लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बम तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।