काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको छ।
उक्त निष्कासन बाँडफाँडपश्चात खप्तड लघुवित्तको सेयरधनीको अभिलेख राख्न, सेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषणा तथा स्वीकृत बोनस सेयरहरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेजजस्ता सेयर रजिस्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिस्ट्रारका रुपमा नियुक्त गरेको छ।
त्रिपुरेश्वस्थित मेगा क्यापिटलको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा खप्तड लघुवित्त तथा मेगा क्यापिटलबीच सेयर रजिस्ट्रारसम्बन्धी सेवा उपलब्ध गराउनेबारे सम्झौतापत्र हस्ताक्षर भएको छ। सम्झौतापत्रमा खप्तड लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बमले तथा मेगा क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा खप्तड लघुवित्तका सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिति थियो।
30 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago