काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
संस्थाले समीक्षा अवधिमा २१ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३५.६० प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ३३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो।
यो अवधिमा संस्थाले ३० करोड ७७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा ४७ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा भएको थियो। सञ्चालन मुनाफा पनि ३५.७७ प्रतिशतले घटेको छ।
दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ९.१० प्रतिशतले घटेर ६४ करोड ८१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको यस्तो आम्दानी ७१ करोड ३० लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाले ७ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई १८ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ७ अर्ब ९६ करोड रुपैयाँ सापटी लिई १८ अर्ब ३४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी १ अर्ब ३८ करोड रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार ६.२७ प्रतिशतले बढाउँदै ९८ करोड ४२ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ९८ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
संस्थाकोे खराब कर्जा (एनपीएल) बढेर ३.७४ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा एनपीएल ०.५९ प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४६.३५ प्रतिशतले घटेर ३१.०५ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ५७.८७ रुपैयाँ रहेको थियो।
पीई रेसियो ३२.२१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३७.५१ रुपैयाँ र तरलता अनुपात ३.६९ प्रतिशत रहेको छ।
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago