काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले १२ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ८९ लाख ९९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको थियो।
पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य मुनाफा २७ करोड २५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा कम्पनीले १३ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई ६० लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।
कम्पनीको सञ्चालन मुनाफा भने ३.५६ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा २ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर २ करोड ७२ लाख रुपैयाँमा सीमित बनेको छ।
समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ अर्ब ९६ करोड निक्षेप संकलन गरी १ अर्बै ७८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
कम्पनीको रिजर्भको आकार १४.०९ प्रतिशतले बढेर ४७ करोड ९६ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ४२ करोड ४ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ८२ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीले खराब कर्जा ४.०५ प्रतिशतमा सीमित गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको खराब कर्जा दर १४.२६ प्रतिशत रहेको थियो। सीडी रेसियो ८०.४२ प्रतिशत रहेको कम्पनीको आधार दर १०.५८ प्रतिशत रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५८.४७ रुपैयाँ रहेको छ। पीई रेसियो ७.३४ गुणा रहेको कम्पनीको प्रतिसेयरट नेटवर्थ १२५.३५ रुपैयाँ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago