काठमाण्डौ । नेपालको लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दशैँको उपलक्ष्यमा खल्तीको माध्यमबाट हवाइ टिकट खरिद गर्ने  ग्राहकलाई हुने गरी खल्तीको डिजिटल खुसियालीः एभरेस्टमा ब्रेकफास्ट अफर ल्याएको छ।

एभरेस्टमा ब्रेकफास्ट अफरमा भाग लिन खल्तीबाट प्लेनको टिकट खरिद गर्दा एकसय रूपैयाँभन्दा बढी भुक्तानी गरे पुग्छ।  यसरी भुक्तानी गर्नेमध्ये एक एक जना गरी दुई भाग्यशाली बिजेता छानिने छन्।  जति बढी पटक भुक्तानी गरिन्छ, त्यति बढी सम्भावना रहनेछ।

दुई भाग्यशाली बिजेताले आफू र आफ्नाका लागि सगरमाथामा गई ब्रेकफास्ट गर्ने अवसर पाउने छन् । त्यस प्याकेजमा लुक्ला जान र आउन दुईतर्फी प्लेनको टिकट, ट्रेकबारे जानकारी, लुक्लाबाट नाम्चे बजारको ट्रेक, बस्ने व्यवस्था र ब्रेकफास्टको सुविधा उपलब्ध हुनेछ । 

यस अफरको अन्तिम यही  मङ्सिर ५ गते राति १२ बजेसम्म टिकट किन्नु पर्नेछ । साथै बिजेताको घोषणा ७ दिनपछि खल्तीको औपचारिक फेसबुक पेजमा लाइभमार्फत हुनेछ । 

यो अफर नेपालमा बस्नेहरु जसको उमेर १८ वर्ष र त्योभन्दा माथि भएकाहरुका लागि मात्र मान्य हुनेछ। यसमा सहभागी हुन कुनै प्रकारको शुल्क लाग्ने छैन।