काठमाण्डौ । ‘खल्ती’ ले मेट लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर उपलब्ध गराएको छ। 

यस अफरअनुसार प्रयोगकर्ताले रु. १००० सम्मको क्यासब्याक प्राप्त गर्नेछन्। यसका साथै दुई भाग्यशाली बिजेताले अक्टोबरदेखि डिसेम्बर २०२२ सम्म प्रत्येक महिना स्मार्टब्यान्ड पनि प्राप्त गर्नेछन्। यो अफर डिसेम्बर ३१ सम्म लागू हुनेछ। 

प्रयोगकर्ताले प्रिमियम भुक्तानीका लागि तोकिएको मितिभन्दा ७ दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ। यसका साथै खल्तीमार्फत आउने क्यासब्याक प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन्।  

मेट लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’बाट यस प्रकार तिर्न सकिन्छ-

  • ‘खल्ती’ एप लग–इन गरी ‘इन्स्योरेन्स’ आइकनमा ट्याप गर्ने 
  • ‘मेट लाइफ इन्स्योरेन्स’ सेलेक्ट गर्ने 
  • ‘पोलिसी नम्बर’ र ‘डीओबी’ भर्ने 
  • अब सम्पूर्ण विवरण दाखिला गरी ‘प्रोसिड टु पे’मा क्लिक गर्ने 

यसबाहेक पनि मेट लाइफ इन्स्योरेन्स बीमा गरेको ग्राहकले मेट लाइफ इन्स्योरेन्स साइटमा गएर सम्पूर्ण विवरण दाखिला गरेपश्चात पेमेन्ट अप्सनका रुपमा खल्ती छनौट गरी भुक्तानी गर्न सक्नेछन्।

यस सुविधाबारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै डिजिटाइजेसनको आवश्यकता द्रुत रुपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरुले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने भएकाले भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो।’

रु. ५००० माथिको प्रिमियम भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाइसी  भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट केवाईसी भेरिफाइड नभएको खण्डमा प्रयोगकर्ताले सम्पूर्ण विवरण भरि सजिलै भेरिफाई गर्न सक्नेछन्।

आएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।