काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्तालाई रु. १०० को टपअप गरी ‘आइमा इ–स्कुटर’ जित्ने अफर ल्याएको छ।  यसका सथै हरेक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले आइमाका तर्फबाट पुरस्कार जित्ने मौका पनि पाउनेछन्। 

प्रयोगकर्ताले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर  सेक्सन’ मा गएर ‘खल्तीमा आइमा ई–स्कुटर’ आइकनबाट रु.१०० को रिचार्ज/टपअप गर्नुपर्नेछ। आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन्। 

सहभागीमध्ये अफरको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहारस्वरुप आइमा ई–स्कुटर प्राप्त गर्नेछन्। यसका साथै हरेक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले आइमाका तर्फबाट पुरस्कार जित्नेछन्। 

यो अफर कात्तिक २४ गतेदेखि पुस १६ गतेसम्म लागू हुनेछ। अफर समाप्त भएको सात दिनभित्र खल्तीको फेसबुक पेजमा फेसबुक लाइभमार्फत लक्की ड्र गरी ‘खल्ती आइमा ई–स्कुटर’को बम्पर पुरस्कार विजेता घोषणा गरिनेछ।

यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी फेरि हाम्रो फ्ल्यागसिप अफरमा फर्केका छौँ र यसपटक भाग्यशाली विजेताले एक इलेक्ट्रिक स्कुटर जित्नेछन्। जुन हाम्रो अघिल्लो वान प्लस १० प्रो र आइफोन १३ को अफरहरु भन्दा फरक छ। यसका साथै यो अफरमार्फत हामीले आइमा इलेक्ट्रिक स्कुटरसँगको हाम्रो साझेदारीमा दिगो वातावरणका लागि प्रयोगकर्तालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौँ।’ 

अफरमा सहभागी हुन सबै खल्ती प्रयोगकर्ताले सक्नेछन् भने लक्की ड्रका लागि योग्य हुन केवाईसी भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केही मिनेटमै केवाईसी भेरिफाइ गराएर अफरमा सहभागी हुन सक्नेछन्।

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ। 

सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।