काठमाण्डौ । खल्ती डिजिटल वालेटले मात्र रु. ५० मा  रु. १ लाख ३५ हजारबराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर फेरि पनि ल्याएको छ।

यसका सथै हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन्। 

प्रयोगकर्ताले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर ‘खल्तीमा वान प्लस १० प्रो’ आइकनबाट रु. ५० को रिचार्ज गर्नुपर्नेछ। 

आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जतिपटक पनि रिचार्ज गर्न सक्नेछन्। सहभागीमध्ये अफरको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहारस्वरुप ‘वान प्लस १० प्रो’ प्राप्त गर्नेछन्। यसका साथै दैनिक एकजना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्नेछन्।  

यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘धेरै प्रयोगकर्ताले मन पराउनुभएको अफर ‘खल्तीमा वान प्लस १० प्रो’ लिएर हामी पुनः उपस्थित भएका छौँ। यस अफरमार्फत सरल तरिकाले हामीले धेरै प्रयोगकर्तालाई डिजिटल पेमेन्टप्रति आकर्षित गर्न सफल भएका कारणले हामीले फेरि यो अफर सबै माझ ल्याएका हौँ।’

अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केही मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन्।

यो अफर साउन २२ देखि असोज ६ सम्म लागू हुनेछ। ‘खल्तीमा वान प्लस १० प्रो’को विजेताको घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक लाइभमा लक्की ड्रमार्फत गरिनेछ।

यसका साथै ‘खल्ती’को अर्को ठूलो अफर जसमध्ये खल्तीमार्फत फ्लाइट बुकिङ गरेका भाग्यशाली विजेतालाई रु. १ मा फ्लाइट टिकट र ‘आईफोन १३’ जित्ने मौका पनि प्रदान गरि आएको छ। 

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ। करिब ६ वर्षको अवधिमा खल्तीले देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताका साथमा ५० हजार बढी एजेन्ट नेटवर्कको प्रयोगकर्ता बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानीसेवा दिँदै आएको छ। यतिमात्र नभई विभिन्न साना तथा ठूला व्यापारलाई पनि भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यवसायलाई प्रोत्साहन दिई आएको छ।