काठमाण्डौ । खल्ती डिजिटल वालेटले मात्र रु. ५० मा रु. १ लाख ३५ हजारबराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर ल्याएको छ। यसका सथै रिचार्ज गर्ने एकजना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन्। 

प्रयोगकर्ताले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर ‘खल्तीमा वान प्लस १० प्रो’ बाट मात्र रु. ५० को रिचार्ज गर्नुपर्नेछ। त्यो रकम राखिएको नम्बरमा रिचार्ज हुनेछ। 

जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जतिपटक पनि रिचार्ज गर्न सक्नेछन्। अन्तिममा एकजना भाग्यशाली विजेताले प्राप्त गर्न सक्नेछन्, वान प्लस १० प्रो। यसका साथै दैनिक एकजना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्नेछन्। 

अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केही मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन्।

यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यसअघि हामीले रु. ५० रिचार्जमा आइफोन १३ जित्ने अफर पनि गर्ने अफर ल्याएका थियौँ र प्रयोगकर्तामाझ हाम्रो धेरै लोकप्रिय बन्न पुगेको थियो। त्यसैले डिजिटल भुक्तानीप्रति प्रयोगकर्ताको उत्साह बढाउन हामी फेरि ‘खल्तीमा वनप्लस १० प्रो’ अफर लिएर आएका छौँ।’

यो अफर ८ वैशाखदेखि सुरु हुँदै जेठ २१ सम्म लागू हुनेछ। खल्तीमा ‘वान प्लस १० प्रो’ को विजेताको घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिनेछ।

भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट सम्मानित, खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको छ। 

देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताका साथमा ४० हजार बढी एजेन्ट नेटवर्कको प्रयोगकर्ता बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।