काठमाण्डौ । खल्तीले फ्लाइट बुकिङमा आफ्नो एकदमै सफल ‘रु. १ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र। 

यस अफरअन्तर्गत फ्लाइट टिकटहरु खरिद गर्ने खल्ती प्रयोगकर्तामध्ये हरेक हप्ता दुई भाग्यशाली विजेताले रु. १ मा फ्लाइट टिकट जित्न सक्नेछन्। यसका साथै बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘आइफोन १३’ जित्ने मौकासमेत रहेको छ।

यतिमात्र नभई खल्तिबाट पहिलो फ्लाइट बुकिङमा प्रदान गर्दै आएको रु. २५० को क्यास्ब्याकमा वृद्धि गरी रु. ५०० भएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड 'FLYWITHKHALTI' प्रयोग गरी आफ्नो पहिलो फ्लाइट टिकट बुकिङमा १०% क्यस्ब्याक (रु. ५०० सम्म) पाउनेछन्। 

यो अफर  साउन ५ भदौ १५ सम्म मान्य छ। केवाईसी भेरिफाई भएका प्रयोगकर्ताले यो अफरमा भाग लिन सक्नेछन्। 

यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन–एप नै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्नेजस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको छ।

अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी हाम्रा ग्राहकलाई खल्तीमार्फत उडान बुकिङमा थप लाभका साथ सहज प्रयोगकर्ता अनुभवको आनन्द लिन चाहन्छौँ।’

खल्तीमा आफ्नो बैंक खाता लिंक गर्ने प्रयोगकर्ताले खल्ती प्रयोग गरी केही ट्याप मै आफ्नो फ्लाइट टिकट र अन्य बिल जस्तै– पानी, इन्टरनेट, बिजुली र उपलब्ध सरकारी राजस्वहरू बुक गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन्। यसका साथै खल्तीको अर्को अफरअन्तर्गत ‘बैंक लिंक’ सुविधा प्रयोग गरी आफ्नो पहिलो बैंक लिंकमार्फत प्रत्यक्ष भुक्तानी गर्नेहरुमध्ये १ भाग्यशाली विजेताले स्मार्टफोन पनि जित्ने पनि मौका रहेको छ।

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ। करिब ६ वर्षको अवधिमा खल्तीले देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताका साथमा ५० हजार बढी एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरु बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानीजस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी सेवा दिँदै आएको छ। यतिमात्र नभई विभिन्न साना तथा ठूला व्यापारलाई पनि भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यवसायलाई प्रोत्साहन दिई आएको छ।