काठमाण्डौ । नोभेम्बर २०, २०२२ देखि कतारमा हुन गइरहेको फुटबलको वर्ल्डकपका लागि खल्तीले वर्ल्डकप  टिभि प्याकेजको नयाँ स्किम ल्याएको छ । 

यस स्किमअन्तर्गत प्रयोगकर्ताहरूले रु. ५००(भ्याट रु.६५ थप) मा प्याकेज खरिद गर्न सक्नेछन्। 

खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि १,००० वर्ल्ड कप टिभी प्याकेजहरूको रोमाञ्चक उपहार ल्याएको हो। खल्ती प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्तीक्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भई विश्वकप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्वकप टिभी प्याकेज खरिदमा १०० प्रतिशतसम्म क्यासब्याक पाउने छन् । 

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भनेका छन्–‘विश्वभरी सबैभन्दा धेरै हेरिने खेलकुद इभेन्टहरूमध्ये यसको क्रेजलाई ध्यानमा राख्दै हामी प्रत्येक नेपालीको घर–घरमा यो सेवा तत्काल उपलब्ध गराउने सुनिश्चित गर्न डिजिटल भुक्तानीको सुविधा दिन पाउँदा खुसीछौं। मलाई विश्वास छ कि हाम्रा प्रस्ताव र उपहारहरूले यस विश्वकपको सिजनलाई थप आकर्षक र रमाइलो बनाउनेछ।’

खल्ती एपभित्र नेट टिभी लगायतकाअन्य टिभि प्रदायकहरूको वर्ल्डकप टिभी प्याकेजहरू उपलब्ध छन्। अफरमा सहभागी हुन सबै खल्ती प्रयोगकर्ताहरूले सक्नेछन् भने लक्की ड्रका लागि योग्य हुन केवाईसी भेरिफाई अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केही मिनेटमै केवाईसी भेरिफाइ गराएर अफरमा सहभागी हुन सक्नेछन्।