काठमाण्डौ । गणपति माइक्रोफाइनान्सको आइपीओ ३१ हजार ३०८ जनाले १० कित्ताको दरले पाएका छन् । 

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले गणपतिको आइपीओ बाँडफाँड गरेको हो । 

सो क्रममा गोलाप्रथाद्वारा भाग्यमानी ३१ हजार ३०८ आवेदक छानिएका हुन्। 

आइपीओ खरीदका लागि आवेदन दिएका २ लाख ९१ हजार ३०१ आवेदक रित्तो हात भएका छन् । 

यो कम्पनीले निश्कासन गरेको ३ लाख ३५ हजार कित्ता आइपीओमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई सुरक्षित गरी सर्वसाधारणका लागि ३ लाख १३ हजार ८० कित्ता सेयर बाँकी रहेको थियो । 

सर्वसाधारणका लागि बाँकी रहेको यिनै कित्ता बाँडफाँड भएको हो । 

आइपीओमा ३ लाख २२ हजार ६०९ जनाले आवेदन दिएका थिए । योमध्ये ७०० आवेदन रद्ध भएको थियो । 

यो कम्पनीमा ६५ लाख ५५ हजार ११० कित्ता खरीदका लागि आवेदन परेको थियो । 

कम्पनीले बैशाख ९ गतेदेखि १२ गतेसम्म आइपीओ निश्कासन गरेको थियो। 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको अधिकृतपूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्तापूँजी रु.७ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात संस्थाको चुक्तापूँजी रु.१० करोड  पुगेको छ ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ आषाढ १३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । 

२०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । 

तनहुँको दुलेगौढामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् सेवा दिइरहेको छ ।

तपाईलाई सेयर पर्यो कि परेन ? यहाँबाट खोज्नुहोस्: