काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा पुस ४ गते गर्ने भएको छ ।

संस्थाको सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो । सभामा यसअघि सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी १० करोड ३५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार मूल्यबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश अर्थात ३ लाख ८१ ३१५.७९ रुपैयाँ गरी कुल ७६ लाख २६ हजार ३१५.७९ रुपैयाँ पारित गर्नेछ ।

त्यस्तै सभामा विशेष प्रस्तावका रुपमा राखिने बोनस सेयरपछि हुन आउने चुक्तापुँजीको ११ करोड ७ लाख ४५ हजार रुपैयाँको ५० प्रतिशतले हुने अर्थात् २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने अजेन्डा पनि पारित हुनेछ ।

साधारणसभा प्रयोजनार्थ संस्थाले मंसिर १८ गतेदेखि पुस ४ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ लाभांश भागिदार र साधारणसभामा सहभागी हुन पुस ३ गतेसम्म संस्थाको सेयरधनी कायम हुनुपर्नेछ ।