काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित ह्राइटहाउस पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश रहेका छन्।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले आउँदो पुस ७ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।