काठमाण्डौ । लोकप्रिय टु–ह्विलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरुको समूह बनाएको छ।

असार ११ गते शनिबारको दिन एओजीको दोस्रो संसकरणमा टीभीएसले पोखराका ३० जना अपाचे ग्राहकलाई पोखराबाट धाम्पुसहुँदै सुइखेत रेसोर्टसम्म पुर्याएको थियो। विभिन्न पेसाका सहभागीले भाग लिएको एओजीमा सहभागीका लागि १०० भन्दा धेरै आवेदन फारम भरेपछि चयन प्रक्रियामा ३० जनाको चयन भएका थिए। गण्डकी प्रदेशमा भएको संस्करण लागि दर्ता गरेका बाँकी राइडरहरुलाई टीभीएसले गण्डकीमा भविष्यमा हुने अरू संस्करणहरुमा उपस्थित गराउने जनाएको छ। 

टीभीएसले आफ्नो ग्राहकका लागि विभिन्न कार्यक्रम र एड्भेन्चर राइड सञ्चालन गरिरहेको हुन्थ्यो। टीभीएसले बागमती प्रदेशपछि गण्डकी प्रदेशमा एओजी राइड गरेको हो। नारायणी, कोशी, लुम्बिनी, महाकालीजस्ता नेपालको विभिन्न ठाउँमा पनि एओजी राइड सञ्चालन गर्नेछ। एओजीमा सहभागी भई विभिन्न राइडमा जान सकिन्छ र त्यतिमात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरुको पनि भाग हुने मौका पाइनेछ। 

यो राइड अनुभवी मार्सलहरुको निगरानीमा भएको थियो। जसमा राइडरहरुलाई रोड सेफ्टीजस्ता विभिन्न प्रशिक्षण दिएको थियो। यस एओजी राइडमा सहभागी हुने सबै राइडरहरुलाई टीभीएसले फ्री राइडिङ गियर्स उपलब्ध गरेको थियो।  यसमा राइडरहरुका लागि विभिन्न रोमाञ्चक खेलको आयोजना पनि थियो र विजेताहरुलाई पुरस्कार तथा भएका साथै सबै टीभीएसले सहभागीहरुलाई उपहार र प्रमाणपत्र वितरण पनि वितरण गरेको थियो।

एओजीबारे जगदम्बा मोटर्सका प्रतिनिधि विक्रम शर्मा पौडेल (डीजीएम, मार्केटिङ) भन्छन्, ‘पोखराबाट धाम्पुससम्मको यो एओजी राइड निकै रमाइलो भयो। हामीले हाम्रो ग्राहकलाई भेट्न पायौँ र उहाँहरुको टीभीएससँगको अनुभवका बारेमा बुझ्ने मौका पनि पायौँ। हामी चाँडै नै एओजीबाट फेरि अर्को यात्रा सञ्चालन गर्नेछौँ। यस एओजी राइड गर्ने हाम्रो मुख्य उद्देश्य चाहिँ नेपालमा अपाचे राइडरहरुको समूहलाई बलियो बनाउँदै हाम्रा ग्राहकलाई अझै नजिक राख्ने प्रयास हो।’

सुइखेत रिसोर्ट पुगेका सहभागीरुपेश बस्नेत आफ्नो एओजी राइडको अनुभवको बारेमा भने, ‘धाम्पुससम्मको हाम्रो राइड निकै नै रोमान्चक थियो। आफूजस्तै अपाचेप्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा खुसी नै बेग्लै छ र आशा छ अब आउने दिनमा पनि यस्तो कार्यक्रम भई राख्ने छन्। राइडमा साथीहरु पनि बनाएँ र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाएँ।’

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु–ह्विलर्सका लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३७ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टु–ह्विलर ब्रान्ड बनेको छ।