काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय पुँजीबजारमा देखिएका समस्याका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्।
कांग्रेस महामन्त्री थापाले सामाजिक सञ्जालमा आफूले अर्थतन्त्रमा देखिएका विविध समस्याका विषयमा गभर्नर अधिकारीलगायत राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरुलाई भेटेर छलफल गरेको जानकारी गराएका छन्। उनले भेटमा हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको उल्लेख गरेका छन्।
महामन्त्री थापाले अर्थतन्त्रमा देखिएका यीलगायतका समस्या समाधानका उपायहरुसहित अबको मौद्रिक नीति राष्ट्र बैंकले तयार पार्ने अपेक्षा गरेको पनि जानकारी गराएका छन्।
गत असार १ गते बसेको संसद बैठकमा पनि थापाले पुँजीबजारको पछिल्लो अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका थिए। उनले पुँजीबजार सुधार र विकासका लागि सरकारले उचित कदम चाल्नुपर्ने सुझाव दिएका थिए।
35 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago