काठमाण्डौ । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने सेवालाई स्तरोन्नती गरेको छ ।
कम्पनीले हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहेका व्यक्तिहरुलाई नेपालस्थित आफ्नो बैंक खातामा पहुँच पुर्याउने उद्धेष्यले मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको हो ।
कम्पनीले आफ्नो खाताको कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्नसमेत असहज परिस्थिति रहेको अवस्थामा आफ्ना विदेशमा रहेका ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको बताएको छ ।
अब विदेशमा बसेर मोबाईल बैकिङ सेवा लिन चाहने ग्राहकहरुले कम्पनीले तोके बमोजिमका कागजातहरु पुरा गरेर यो सेवा लिन सक्नेछन् ।
साथै, कम्पनीले कहिल्यै पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटीपि आदि) नमाग्ने भन्दै फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नदिन पनि अनुरोध गरेको छ ।
19 minutes ago
41 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago