काठमाण्डौ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक आजबाट १४ औं वर्षमा प्रवेश गरेको छ । आजभन्दा १४ वर्षअघि स्याङजाको वालिङमा प्रधान कार्यालय स्थापना गरी वित्तीय कारोबार शुरु गरेको यो बैंकले पोखरा हुँदै हाल काठमाडौंलाई केन्द्र बनाउँदै देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी वित्तीय सेवा प्रदान गर्दै आएको बताइएको छ ।
देशका सबै प्रदेश सहित बजारदेखि गाउँसम्म १०५ शाखा मार्फत बैंकले आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बंैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना ग्राहक, नियमनकारी निकाय तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैंकले ग्राहकलाई बचतमा उच्चतम ब्याजदर प्रदान गर्दै आएको छ भने सहुलियत दरमा विभिन्न शीर्षकमा कर्जा सुविधा समेत प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago