काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ।
बैंकले नयाँ कर्जा सुविधाहरुअन्तर्गत ‘गरिमा इजी एसएमई लोन’ र ‘गरिमा इजी होम लोन’ सार्वजानिक गरेको हो। ‘हाल विश्वमा आएको महामारी कोभिड १९ का कारण विश्व अर्थतन्त्र शिथिल भएको बेलामा हाम्रो देश पनि यसबाट टाढा रहन सकेन’, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले भने, ‘यस विषम परिस्थितिमा बढ्दो बेरोजगार तथा उघमीहरुको उघमशिलतामा समेत ह्रास आएको बेलामा उघमीहरुलाई सरल र सहज तवरवाट कम ब्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उघमशिलताको विकाससँगै रोजगार सिर्जनामा ठूलो टेवा पुगोस् भनी बजारमा थप आक्रामक तबरबाट बजार विस्तार गर्न हामीले ग्राहकमैत्री कर्जा सुविधाहरु ल्याएका हौँ।’
दुवै कर्जा सुविधाहरु ८.८८% ब्याजदरमा उपलब्ध भएको र धितो मूल्यांकनको सतप्रतिशत ‘गरिमा इजी एसएमई लोन’ मा लगानी गर्न सकिनेछ भने कर्जाको प्रकृति हेरी लागतको सतप्रतिशतसम्म ‘गरिमा इजी होम लोन’ मा कर्जा प्रवाह गर्न सकिने बैंकले जनाएको छ। साथै, अन्य बैंक तथा वित्तीय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५०% सम्म छुट सुविधा पाउन सकिने बैंकले स्पष्ट पारेको छ।
हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालय र ५१ वटा एटीएमबाट आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवमं गुणस्तरीय बैंकिङ सुविधा दिँदै आइरहेको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago